YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 10:12-18

भजनसंग्रह 10:12-18 सरल नेपाली

हे परमेश्‍वर, ती दुष्‍ट मानिसहरूलाई दण्‍ड दिनुहोस्! कष्‍ट पाएकाहरूलाई सम्‍झनुहोस्! कसरी दुष्‍ट मानिसले परमेश्‍वरलाई निन्‍दा गरेर, “उहाँले मलाई दण्‍ड दिनुहुन्‍न” भनी मनमा भन्‍न सक्‍छ? तर तपाईंले देख्‍नुहुन्‍छ, मानिसका दु:ख-कष्‍ट जान्‍नुहुन्‍छ र मद्दत गर्न सदा तयार हुनुहुन्‍छ। असहाय मानिस आफैं तपाईंको शरण पर्दछ, तपाईंले सधैँ दरिद्रलाई सहायता गर्नुभएको छ। दुष्‍ट र खराब मानिसका शक्तिलाई तोड्‍नुहोस्, तिनीहरूले गरेका खराब कामको निम्‍ति तिनीहरूले त्‍यसमा काम गर्न नछोडुञ्‍जेल तिनीहरूलाई दण्‍ड दिनुहोस्। परमप्रभु सदाकालको निम्‍ति राजा हुनुहुन्‍छ, अरू देवताहरू पुज्‍ने मानिसहरू उहाँको देशबाट हराइजानेछन्। हे परमप्रभु! दीनजनहरूका प्रार्थना तपाईंले सुन्‍नुहुनेछ, तपाईंले तिनीहरूलाई साहस दिनुहुन्‍छ। तपाईंले थिचोमिचोमा परेकाहरू र टुहुरा-टुहुरीहरूको पुकार सुन्‍नुहुन्‍छ। तिनीहरूको पक्षमा न्‍याय गर्नुहुनेछ र अब उसो मरणशील मानिसले कसैलाई विपत्तिमा पार्न सक्‍नेछैन।

भजनसंग्रह 10 पढ्नुहोस्