YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 10:12-18

भजनसंग्रह 10:12-18 NNRV

हे परमप्रभु, उठ्‌नुहोस्‌, हे परमेश्‍वर, तपाईंको हात उठाउनुहोस्‌, असहायहरूलाई नबिर्सनुहोस्‌। दुष्‍टले किन परमेश्‍वरको निन्‍दा गर्छ? त्‍यसले किन आफ्‍नो मनमा भन्‍छ, “उहाँले मेरो लेखा राख्‍नुहुन्‍न।” तर हे परमेश्‍वर, तपाईं दु:ख र शोक देख्‍नुहुन्‍छ, तपाईंले ती आफ्‍नै हातमा लिनुहुन्‍छ, दु:खीले आफैलाई तपाईंमा सुम्‍पन्‍छ, अनाथको सहायक तपाईं नै हुनुहुन्‍छ। दुष्‍ट र कुकर्मीको हात भाँचिदिनुहोस्‌। कुकर्मीका नभेट्टाइने दुष्‍टताका लेखा लिनुहोस्‌। परमप्रभु सदासर्वदाको निम्‍ति राजा हुनुहुन्‍छ, जाति-जातिहरू उहाँको देशबाट नष्‍ट हुनेछन्‌। हे परमप्रभु, पीडितहरूको इच्‍छा तपाईं सुन्‍नुहुन्‍छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्‍छ। तिनीहरूको पुकारा तपाईं सुन्‍नुहुन्‍छ। तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्‍छ, ताकि पृथ्‍वीको मरणशील मानिसले आतङ्क अझै नमच्‍चाओस्‌।