YouVersion लोगो
खोज आइकन

हितोपदेश 9:13-18

हितोपदेश 9:13-18 सरल नेपाली

मूर्खता एउटी ठूलो स्‍वर भएकी, अज्ञानी र निर्लज्‍ज स्‍त्रीजस्‍तो हो। त्‍यो आफ्‍नो घरको ढोका वा सहरको उच्‍च स्‍थानमा एउटा बैठकमा बस्‍छ र आफ्‍नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्‍दै बोलाउँछ, “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्‍छ। “चोरेर पिएको पानी मीठो हुन्‍छ, लुकेर खाएको रोटी स्‍वादिलो हुन्‍छ।” त्‍यसका पन्‍जामा पर्नेहरू, त्‍यसको घरमा जानेहरू मर्छन् र त्‍यहाँ पसिसक्‍ने जतिचाहिँ मृत्‍यु-लोक पुगिसकेका छन् भनी जान्‍दैनन्।

हितोपदेश 9 पढ्नुहोस्