हितोपदेश 9:13-18
हितोपदेश 9:13-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मूर्खता” भनिने स्त्री चर्की हुन्छे, त्यो अनुशासनहीन र अज्ञानी हुन्छे। त्यो आफ्नो घरको ढोकामा सहरको सबैभन्दा अग्ला ठाउँहरूमा भएको आसनमा बस्छे। त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे। ती समझ नभएकाहरूलाई त्यसले भन्छे, “सबै अज्ञानी जति यता आऊन्। चोरीको पानी मीठो हुन्छ, गुप्तमा खाएको रोटी स्वादिष्ठ हुन्छ।” तर मृतकहरूको वास त्यहाँ हुन्छ, र त्यस स्त्रीका पाहुनाहरू पातालको गहिराइमा पुगिसकेका छन् भन्ने कुराको ज्ञान तिनीहरूलाई रत्तीभर हुँदैन।
हितोपदेश 9:13-18 पवित्र बाइबल (NERV)
मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ। ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे। उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे, “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन। “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।” मूर्ख मानिसहरूले जान्दैनन् कि तिनका घर भूतहरूले पूर्ण छ अनि तिनले तिनीहरूलाई चिहानको गहिरो भागमा निमन्त्रणा गरेका छन्।
हितोपदेश 9:13-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मूर्खता एउटी ठूलो स्वर भएकी, अज्ञानी र निर्लज्ज स्त्रीजस्तो हो। त्यो आफ्नो घरको ढोका वा सहरको उच्च स्थानमा एउटा बैठकमा बस्छ र आफ्नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्दै बोलाउँछ, “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्छ। “चोरेर पिएको पानी मीठो हुन्छ, लुकेर खाएको रोटी स्वादिलो हुन्छ।” त्यसका पन्जामा पर्नेहरू, त्यसको घरमा जानेहरू मर्छन् र त्यहाँ पसिसक्ने जतिचाहिँ मृत्यु-लोक पुगिसकेका छन् भनी जान्दैनन्।