YouVersion लोगो
खोज आइकन

हितोपदेश 31:26-31

हितोपदेश 31:26-31 सरल नेपाली

उसको बोली बुद्धिले भरिएको हुन्‍छ र असल शिक्षा उसको ओठमा हुन्‍छ। ऊ सधैँ व्‍यस्‍त र काम गरिरहेकी हुन्‍छे र आफ्‍ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे। उसका छोरा-छोरीहरूले उसको गुण मान्‍छन् र उसका लोग्‍नेले उसको प्रशंसा गर्छन्‌। लोग्‍नेचाहिँले यसो भन्‍छन्‌, “धेरै स्‍त्रीहरू असल स्‍वास्‍नीहरू हुन्‍छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।” सौन्दर्य छली हुन्‍छ र सुन्‍दरता ओइलिजाने हुन्‍छ तर परमप्रभुलाई आदर गर्ने स्‍त्री प्रशंसाको योग्‍य हुन्‍छे। तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।

हितोपदेश 31 पढ्नुहोस्