योग्य स्वास्नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्छ! लोग्नेचाहिँले उसमाथि भरोसा गर्छ, उसको लोग्ने कहिले गरीब हुँदैन। जीवनभरि उसले लोग्नेको भलाइ गर्छे र कहिल्यै केही खति गर्दिन। ऊनी र सुती कपडा बनाउन ऊ व्यस्त रहन्छे। व्यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्याउँछे। आफ्नो परिवारको निम्ति भोजन तयार गर्न र चाकर्नीहरूलाई काम खटाउन घाम झुल्कनुभन्दा अघि ओछ्यानबाट उठ्छे। उसले जमिन हेरेर किन्छे, आफूले कमाएको धनले उसले दाखबारी लाउँछे। ऊ परिश्रमी, बलियो र उद्योगी हुन्छे। आफूले बनाएको हरेक चीजको मूल्य उसले बुझ्छे, राती धेरै बेरसम्म उसले काम गर्छे। ऊ आफैंले धागो कात्छे र आफ्नो कपडा बुन्छे। गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्छे। हिउँ पर्दा उसले चिन्ता गर्दिन किनभने उसका परिवारका सबैको निम्ति गरम कपडा हुन्छ। उसले पलङ्गको तन्ना बनाउँछे र मिहिन, बैजनी रङ्गका सुती कपडाको वस्त्र लाउँछे। उसका लोग्नेलाई सहरको एउटा मुख्य व्यक्ति हुन् भनी सबैले चिन्छन्। उसले सुती लुगा र पटुका बनाएर व्यापारीहरूलाई बेच्छे।
हितोपदेश 31 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 31:10-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू