असल पत्नी पाउनँ अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे। तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ, अनि कहिल्यै गरीब हुनु पर्दैन। आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्, अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्। तिनी सधैँ ऊनी को लुगा, तथा सूतीको लुगा बनाउनमा व्यस्त रहन्छिन्। तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहींबाट पनि भोजन लिएर घर आउँछिन्। तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्। तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्। तिनी अत्यन्तै परिश्रमी छिन्, अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्। आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्। तिनीले आफैं धागो कात्छिन अनि आफ्नो घरको लागि लुगा बनाउँछिन्। गरीबलाई सधैँ दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्। हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्। तिनले च्यादर बुन्छिन् र ओछ्यानमा फिँजाउँछिन्, अनि आफूले सुन्दर नरम सुतीको लुगाहरू पहिरिन्छिन्। उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्। तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्, र व्यापारीहरूलाई बेच्छिन्।
हितोपदेशको पुस्तक 31 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेशको पुस्तक 31:10-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू