YouVersion लोगो
खोज आइकन

हितोपदेश 31:1-9

हितोपदेश 31:1-9 सरल नेपाली

लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्: “तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ? तेरा सारा बल स्‍त्रीहरूमाथि खर्च नगर्‌, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्। हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्‍न, त्‍यसको तल-तल राख्‍नुहुन्‍न। तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्‍छन् र दु:खीहरूको हकको वास्‍ता गर्दैनन्। मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो। तिनीहरूले पिएर आफ्‍ना गरीबी र दु:ख भुल्‍छन्। “बोल्‍न नसक्‍नेहरूका निम्‍ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्‌। तिनीहरूको पक्षमा बोलिदे र ठीक न्‍याय गर्‌। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्‌।”

हितोपदेश 31 पढ्नुहोस्