कडा रातो मद्यले तिमीलाई नलोभ्याओस्। त्यस्तो मद्य कचौरामा टिलिक्क चम्कने र घाँटीबाट सुलुक्क पेटमा उत्रने खालको हुन्छ तर त्यसको लोभ नगर। भोलिपल्ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्नेछ। आँखाका अघि अचम्म-अचम्मका दृश्यहरू देख्नेछौ र तिम्रो सोच र बोली लरबराउनेछ। समुद्रमा छालले तलमाथि हुँदै हुत्याइएको बेला बेसञ्चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्तो लाग्नेछ। तिमी यसो भन्नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्न सक्दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।”
हितोपदेश 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 23:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू