YouVersion लोगो
खोज आइकन

हितोपदेश 23:31-35

हितोपदेश 23:31-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

दाखमद्य रातो हुँदा, जब यो कचौरामा हाल्दा फीँज उठ्छ, जब यो बिस्तारै लिइन्छ त्यसतिर एक टक लगाएर नहेर। अन्त्यमा यसले सर्पले जस्तै डस्छ, र विषालु सर्पले जस्तै विषयुक्त पार्छ। तिम्रा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तिम्रा मनले नचाहिँदा कुराहरूको कल्पना गर्नेछ। महासमुद्रमा सुतिरहेझैँ तिमीलाई हुनेछ; मस्तुलका डोरीको माथितिर झुण्डिरहेझैँ तिमी हुनेछौ। तिमीले भन्‍नेछौ, “तिनीहरूले मलाई हिर्काए”, तर मलाई चोट लागेन! तिनीहरूले मलाई पिट्छन्, तर मैले थाहै पाउँदिनँ! “म कहिले बिउँझूँ, अनि म फेरि अर्को मद्य पिऊँ?”

शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्

हितोपदेश 23:31-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

कडा रातो मद्यले तिमीलाई नलोभ्‍याओस्। त्‍यस्‍तो मद्य कचौरामा टिलिक्‍क चम्‍कने र घाँटीबाट सुलुक्‍क पेटमा उत्रने खालको हुन्‍छ तर त्‍यसको लोभ नगर। भोलिपल्‍ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्‍नेछ। आँखाका अघि अचम्‍म-अचम्‍मका दृश्‍यहरू देख्‍नेछौ र तिम्रो सोच र बोली लरबराउनेछ। समुद्रमा छालले तलमाथि हुँदै हुत्‍याइएको बेला बेसञ्‍चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्‍तो लाग्‍नेछ। तिमी यसो भन्‍नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्‍न सक्‍दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।”

शेयर गर्नुहोस्
हितोपदेश 23 पढ्नुहोस्

हितोपदेश 23:31-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ! अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ, र गोमनले झैँ विष हालिदिन्‍छ। तेरा आँखाले अनौठा दृश्‍यहरू देख्‍नेछन्, र तेरो मनले अलमल्‍याउने कुराहरू विचार गर्नेछ। महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्‍तूलका डोरीको मास्‍तिर झुण्‍डिरहेझैँ तँ हुनेछस्‌। तैंले भन्‍नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्‍दैन! तिनीहरू मलाई पिट्‌छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्‍यूँझुला, र म अझ पिउन सक्‍नेछु?”