YouVersion लोगो
खोज आइकन

हितोपदेश 23:31-35

हितोपदेश 23:31-35 NNRV

रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्‍यो कचौरामा राख्‍दा फीँज उठ्‌छ, जब त्‍यो सहजै उँधो जान्‍छ! अन्‍त्‍यमा त्‍यसले सर्पले झैँ डस्‍छ, र गोमनले झैँ विष हालिदिन्‍छ। तेरा आँखाले अनौठा दृश्‍यहरू देख्‍नेछन्, र तेरो मनले अलमल्‍याउने कुराहरू विचार गर्नेछ। महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्‍तूलका डोरीको मास्‍तिर झुण्‍डिरहेझैँ तँ हुनेछस्‌। तैंले भन्‍नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्‍दैन! तिनीहरू मलाई पिट्‌छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्‍यूँझुला, र म अझ पिउन सक्‍नेछु?”