धेरै धन-सम्पत्ति र सुनाममध्ये एक चुन्नुपरे सुनामचाहिँ चुन। इज्जत पाउनु सुन र चाँदीभन्दा उत्तम हो। धनी र गरीब दुवै यस कुरामा एक छन् कि ती दुवैलाई परमप्रभुले बनाउनुभएको हो। समझदार मानिसहरू कष्ट आउँदैगरेको देखेर जोगिन्छन् तर सोच नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र त्यसले पछि पछुताउ गर्छ। परमप्रभुको आज्ञापालन गर र नम्र होओ, धन, इज्जत र लामो आयु पाउनेछौ। आफ्नो प्राणको माया छ भने दुष्टको मार्गमा हुने पासोहरूबाट तर्केर हिँड। बालकहरूलाई ठीक बाटो देखाऊ र तिनीहरूले त्यही बाटोमा हिँड्नेछन्। गरीबहरू धनीको दास बन्दछन्, ऋण लिने ऋण दिनेको दास बन्दछ। अन्यायको बिउ छर्नेले विनाश बटुल्छ र अरूहरूमाथि त्यसले गरेको अत्याचार बन्द हुँदछ। दानी भई दरिद्रसित आफ्नो खानेकुरा बाँडेर खाओ, तिमीले आशिष् पाउनेछौ। अहङ्कारीलाई हटाइदेओ र वादविवाद, झगडा र गाली गराइ हराउनेछ। स्वच्छ हृदय र कोमल बोली प्रेम गर्ने मानिसले राजाको मित्रता प्राप्त गर्दछ। झूटाहरूको बोलीलाई झूटो ठहर्याएर परमप्रभुले साँचो वचनको रक्षा गर्नुहुन्छ।
हितोपदेश 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 22:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू