धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ, सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन्, कि सबैलाई बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ। बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यसैतिर जान्छ र दु:ख भोग्छ। नम्रता र परमप्रभुको भयले धन, मान र जीवन ल्याउँछ। दुष्टका मार्गहरूमा काँढ़ा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढ़ै रहन्छ। बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। धनीले गरीबमाथि प्रभुत्व जमाउँछ, र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ। दुष्टता रोप्नेले सङ्कष्टको कटनी गर्छ, र त्यसको झोँकको लट्ठी नष्ट हुनेछ। उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ। गिल्ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्छ, कलह र अपमान टुङ्गिन्छन्। जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्यसको लागि राजा पनि मित्र हुनेछ। परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्छ।
हितोपदेश 22 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 22
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 22:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू