हितोपदेश 19
19
1धनी भएर झूटो कुरा गर्नुभन्दा बरु गरीब भएर इमानदार रहनु उत्तम हो।
2ज्ञानबिनाको जोश राम्रो हुन्न, हतार गर्नेले बिराउँछ।
3मानिसले आफ्नै मूर्खताले आफ्नो विनाश गर्दछ र परमप्रभुलाई दोष लाउँदछ।
4धनले धेरै नयाँ मित्रहरू बनाउँछ तर गरीबी मानिसले आफ्ना थोरै मित्र पनि गुमाउँछ।
5अदालतमा झूटो बोल्नेले दण्ड पाउँदछ, त्यसको उम्कने उपाय हुँदैन।
6सबैले ठूलाहरूको निगाह प्राप्त गर्ने चेष्टा गर्छन् र सबैले उदार हातले दिनेसँग मित्रता राख्न चाहन्छन्।
7गरीब मानिसका आफ्ना दाजुभाइहरूले पनि वास्ता गर्दैनन् किनकि त्यसको कोही मित्र हुँदैन। त्यसले जति नै चेष्टा गरे पनि एउटै साथी पाउँदैन।
8ज्ञान प्राप्त गर्नु आफैंलाई प्रेम गर्नु हो र पाएको ज्ञान नभुल र तिम्रो फलिफाप हुनेछ।
9अदालतमा झूटो बोल्ने दण्डबाट उम्कन सक्दैन, त्यो नष्ट हुन्छ।
10मूर्खलाई ऐश-आराममा जिउन सुहाउँदैन, कमाराले उच्च मानिसहरूमाथि शासन गर्न सुहाँउँदैन।
11समझदार मानिसले आफ्नो रिस थाम्दछ, कसैले आफ्नो हानि गरे, त्यसको दोषको वास्ता नगर्नु ठूलो गुण हो।
12राजाको रिस सिंह गर्जेजस्तो हो तर उनको कृपा घाँसमाथि परेको शीतजस्तो हो। 13मूर्ख छोराले आफ्ना बुबाको नाश गर्दछ, कचकचे स्वास्नी तपतपे पानीजस्तै हो।
14मानिसले घर-बारी र धन-सम्पत्ति बुबा-बराजुबाट पाउन सक्छ तर परमप्रभुले मात्र उसलाई बुद्धिमानी स्वास्नी दिन सक्नुहुन्छ।
15अल्छी हुने भए होओ; सुत्छौ भने सुत तर तिमी भोकै बस्नुपर्नेछ।
16परमेश्वरका आज्ञाहरू पालन गर र तिम्रो लामो आयु हुनेछ तर तिनको तिरस्कार गरे मर्नेछौ।
17गरीबलाई दिनु परमप्रभुलाई दिनुजस्तै हो, उहाँले त्यसको प्रतिफल दिनुहुन्छ।
18साना छँदै बालकहरूलाई अनुशासन सिकाओ, नत्रता तिनीहरूलाई नाश हुन सघाएको जस्तै हुनेछौ।
19ज्यादा रिस भएको मानिसले त्यसको फल भोग्नुपर्छ, त्यसलाई एक चोटी जोगायौ भने घरीघरी जोगाउनुपर्नेछ।
20सल्लाह सुन्ने र शिक्षा लिने व्यक्ति एक न एक दिन बुद्धिमान् बन्नेछ।
21मानिसले “यसो गरूँला, त्यसो गरूँला” भन्दै सबै प्रकारको युक्ति गर्ला तर परमप्रभुको उद्देश्य नै पूरा हुनेछ।
22लोभी हुनु बेइज्जतको कुरा हो, झूटो बोल्नेभन्दा गरीब मानिस असल हो।
23परमप्रभुको आज्ञापालन गर, तिम्रो आयु लामो हुनेछ र तिमी सुखी र हानिबाट सुरक्षित हुनेछौ।
24कोही मानिस यति अल्छी हुन्छ कि त्यसलाई आफ्नो गाँस उठाई मुखमा हाल्न गाह्रो हुन्छ।
25खिल्ली उडाउनेलाई कोर्रा लगाउनू र निर्बुद्धि मानिसले बुद्धि सिक्नेछ। विवेकशील मानिसलाई हप्काउनु र त्यसले आफ्नो ज्ञान बढाउनेछ।
26लाजमर्दो र अपमानजनक मानिसले मात्र आफ्ना बुबासित कुव्यवहार गर्छ र आफ्नी आमालाई आफ्नो घरबाट निकालिदिन्छ।
27ए छोरो! तैँले शिक्षा लिन छोडिस् भने जानिसकेका कुरालाई पनि तैँले हेला गर्न थाल्नेछस्।
28कसैको बिगार गर्न सुरिएको गवाहीले न्याय बिगार्दछ। दुष्टलाई दुष्ट्याइँ स्वादिलो हुन्छ।
29अहङ्कारी मूर्खले निश्चय नै चुटाइ पाउँछ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 19: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.