YouVersion लोगो
खोज आइकन

हितोपदेश 20

20
1धेरै मद्य पिउनेले होहल्‍ला गर्छ र मूर्खता देखाउँछ। मताहा हुनु मूर्खता हो।
2रिसाएका राजासित गर्जंदैगरेको सिंहसित झैँ डर मान, तिनलाई रिस उठाउनु आफ्‍नो ज्‍यान गुमाउनु हो।
3कुनै पनि मूर्खले विवाद सुरु गर्न सक्‍छ, त्‍यसबाट अलग्‍गै रहनु मानवीय कुरा हो।
4उचित समयमा खेतबारी नजोत्‍ने अल्‍छी किसानले बाली बटुल्‍ने समयमा केही अन्‍न पाउँदैन।
5मानिसको सोच-विचार गहिरो इनारको पानीझैँ हो, अन्‍तर्दृष्‍टि भएको मानिसले ती निकाल्‍न सक्‍छ।
6सबैले आफूलाई भक्त र विश्‍वासयोग्‍य छु भनी बताउँछन्‌ तर साँचो त्‍यस्‍तो मानिस कहाँ पाइन्‍छ र?
7इमानदार र उचित काम गर्ने पिताका छोरा-छोरीहरू धन्‍यका हुन्।
8न्‍याय-आसनमा बसेका राजाले देख्‍ने बित्तिकै दुष्‍ट्याइँलाई चिन्‍दछन्।
9कसले भन्‍न सक्‍छ कि मेरो विवेक स्‍वच्‍छ छ र मैले पाप गरेको छैनँ?
10छली ढक, तराजु र नाप प्रयोग गर्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ।
11बालकले पनि आफूले गरेको कामबाट आफ्‍नो स्‍वभाव देखाउँछ। त्‍यसरी नै त्‍यो असल र इमानदार छ कि छैन भनी चिन्‍न सकिन्‍छ।
12परमप्रभुले हामीलाई हेर्ने आँखा र सुन्‍ने कान दिनुभएको छ।
13सुतेर समय बिताउने दरिद्र हुन्‍छ। परिश्रम गर र भरपेट खान पाउनेछौ।
14ग्राहकले सधैँ “महङ्गो भयो” भनी भन्‍छ तर केही पर पुगेर आफूले भाउ कसेकोमा धाक लाउँछ।
15आफूले गरेको कुरा बुझ्‍ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्‍य वस्‍तु छ।
16नचिनेको मानिसको वा विदेशीको ऋणमा जमानी बस्‍ने मूर्ख मानिसले आफ्‍नो सम्‍पत्ति बन्‍धकी राखिनुपर्छ।
17बेइमानीसित कमाएको धन पहिले त स्‍वादिलो भोजनजस्‍तो मीठो हुन्‍छ तर पछि त्‍यो मुखमा बालुवासरह हुन्‍छ।
18असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्‍लाह नलिई युद्ध गर्न नजाओ।
19बेकम्‍मा कुरा गर्नेले गुप्‍त कुरा लुकाइराख्‍न सक्‍दैन। कुराउटे मानिसहरूबाट टाढा बस।
20आफ्‍ना आमा-बुबालाई सरापे अँध्‍यारोमा बत्ती निभेझैँ तिमी मर्नेछौ।
21जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्‍छ।
22खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्‍यो उहाँले ठीक गर्नुहुनेछ।
23छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ।
24परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्‍नो जीवन कुन दिशातिर जाँदै छ, त्‍यो कसले जान्‍न सक्‍छ?
25परमेश्‍वरलाई केही भेटी दिने प्रतिज्ञा गर्नुअघि राम्ररी विचार गर, नत्र पछिबाट पछुताउ गर्नुपर्ला।
26बुद्धिमान् राजाले दुष्‍टहरूलाई ठिमाउँछन् र दया नगरी तिनीहरूलाई दण्‍ड दिन्‍छन्।
27परमप्रभुले हामीलाई मन र विवेक दिनुभयो, हामी आफैंबाट लुक्‍न सक्‍दैनौं।
28इमान, धर्म र न्‍यायले शासन गरे राजाको सिंहासन थामिन्‍छ।
29मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्।
30कहिलेकहीँ मानिसले दु:ख पाएर मात्र आफ्‍नो चाल फेर्छ।

अहिले सेलेक्ट गरिएको:

हितोपदेश 20: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्