YouVersion लोगो
खोज आइकन

हितोपदेश 17:15-24

हितोपदेश 17:15-24 सरल नेपाली

निर्दोषलाई दण्‍ड दिनु अथवा दोषीलाई छोडिदिनु, दुवै कुरालाई परमप्रभुले घृणा गर्नुहुन्‍छ। मूर्खले विद्यामा धन खर्च गर्नु व्‍यर्थ छ किनभने त्‍योसित सामान्‍य बुद्धि नै हुँदैन। मित्रले सधैँ प्रेम देखाउँदछ, दाजुभाइचाहिँ दु:खमा साथ दिने हुन्‍छन्। बेहोशी मानिस मात्र अर्काको ऋणको जमानी बस्‍दछ। झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्‍नै खति गर्छ। दुष्‍ट सोच र छली बोली गर्नेले भलाइको आशा नगरे हुन्‍छ, त्‍यसलाई विनाश मात्र छ। मूर्ख छोरोको कामबाट बुबालाई शोक र सन्‍ताप मात्र हुँदछ। प्रसन्‍न चित्त हुनु नै असल औषधी हो। सधैँ उदासी मनले बिस्‍तारै मृत्‍यु ल्‍याउँदछ। भ्रष्‍ट न्‍यायाधीशले गुप्‍तमा घुस लिन्‍छ र न्‍याय बिगार्दछ। समझदार व्‍यक्तिले बुद्धिमान् काम गर्ने लक्ष्‍य राख्‍दछ तर मूर्खले यताउता मन डुलाउँदछ।

हितोपदेश 17 पढ्नुहोस्