नसोची बोलेका शब्दले तरवारले झैँ गहिरो चोट लाउन सक्दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ। झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ, दुष्ट उपाय निकाल्नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्। धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्टमाथि दु:खै-दु:ख मात्र हुन्छ। झूटो बोल्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर आफ्ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्छ। समझदार मानिसहरूले आफूले जानेका कुरा प्रकट गरिहिँड्दैनन् तर मूर्खहरूले आफ्नो मूर्खता प्रचार गर्छन्। कठोर परिश्रमले शक्ति दिँदछ तर अल्छी बन्नाले कमारो होइन्छ। चिन्ताले तिम्रो आनन्द लुट्छ तर दयालु वचनले हर्षित तुल्याउँदछ। धर्मी मानिस आफ्ना साथीको असल अगुवा हुँन्छ तर दुष्टको बाटोले नजानुपर्ने दिशातिर लैजान्छ। अल्छीले चिताएको पुग्दैन तर मेहनतीले धेरै धन कमाउँछ।
हितोपदेश 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 12:18-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू