YouVersion लोगो
खोज आइकन

हितोपदेश 10:11-20

हितोपदेश 10:11-20 सरल नेपाली

असल मानिसको बोली जीवनको मूल हो, तर दुष्‍टको वचनले हिँसालु बानीलाई लुकाउँदछ। घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्‍दछ। समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ। बुद्धिमान् मानिसले सकेसम्‍म ज्ञान बटुलेर राख्‍दछ तर मूर्ख बोल्‍दा अशान्‍ति नजिक आउँदछ। धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ, असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ। सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्‍नो भुल स्‍वीकार नगर्ने खतरामा पर्छ। मनमा आफ्‍नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्‍यर्थका कुरा फैलाउने मानिस मूर्ख हो। जति धेरै बोल्‍छौ, उति नै धेरै पाप गर्ने सम्‍भावना हुन्‍छ, बुद्धिमान् मानिस चुप भई बस्‍छ। धर्मी मानिसको बोली निखुर चाँदीजस्‍तो हुन्‍छ, दुष्‍टको विचार बेकामको हुन्‍छ।

हितोपदेश 10 पढ्नुहोस्