धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ विवेकशील मानिसहरूका ओठमा बुद्धिको कुरा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको मानिसको लागि हो। बुद्धिमान् मानिसले ज्ञान सञ्चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्त्याउँछ। धनीको धन नै तिनीहरूका निम्ति बलियो सहर हो, तर दरिद्रताले असहायहरूको पतन हुन्छ। धर्मीको ज्यालाले तिनीहरूमा जीवन ल्याउँछ, तर दुष्टको आम्दानीले दण्ड ल्याउँछ। जसले अनुशासन पालन गर्छ, त्यसले जीवनको बाटो देखाउँछ, तर सुधारको बेवास्ता गर्नेले अरूलाई पनि बहकाउँछ। जसले आफूमा घृणा लुकाएर राख्छ, त्यसको जिब्रो छली हुन्छ, र जसले अपवाद फैलाउँछ, त्यो मूर्ख हो। जब कुरा बढ्ता गरिन्छ, पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ, त्यो बुद्धिमान् हो। धर्मात्माको जिब्रो निखुर चाँदी हो, तर दुष्टको हृदय भने बेकामको हुन्छ।
हितोपदेश 10 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 10:11-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू