YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:5-11

फिलिप्पी 2:5-11 सरल नेपाली

तिमीहरूको व्‍यवहार येशू ख्रीष्‍टको जस्‍तै होस्। उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो। उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो। त्‍यसो हुँदा परमेश्‍वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्‍च नाउँ दिनुभयो। यसरी स्‍वर्ग, पृथ्‍वी र पृथ्‍वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्‍नेछन्। येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनेर सबैले खुल्‍लमखुल्‍ला परमेश्‍वरको सम्‍मान्‌को निम्‍ति घोषणा गर्नेछन्।

फिलिप्पी 2 पढ्नुहोस्

फिलिप्पी 2:5-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति