YouVersion लोगो
खोज आइकन

गन्‍ती 35:20-24

गन्‍ती 35:20-24 सरल नेपाली

“यदि कुनै मानिसले कसैसँग रिसाएर त्‍यसलाई घचेटेर वा कुनै झटारोले हिर्काएर मार्‍यो वा घुस्‍साले हिर्काएर मार्‍यो भने त्‍यो ज्‍यानमारा हो र त्‍यसलाई प्राणदण्‍ड दिनुपर्छ। हत्‍यारालाई मार्ने जिम्‍मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्‍यसले जब हत्‍यारालाई भेट्टाउँछ, तब त्‍यसलाई मारोस्। “आफूले रिस नगरेको मानिसलाई कसैले अन्‍जानमा घचेटेर वा झटारोले हिर्काएर मार्‍यो भने अथवा नहेरीकन ढुङ्गा हान्‍दा आफूले दुश्‍मनी पनि नगरेको मानिस ढुङ्गाले लागेर मर्‍यो भने त्‍यस्‍तो अवस्‍थामा समुदायले मार्ने मानिसको पक्षमा फैसला दिनेछ तर बदला लिन खोज्‍ने नातेदारको पक्षमा होइन।

गन्‍ती 35 पढ्नुहोस्