गन्ती 35:20-24
गन्ती 35:20-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रीसमा विचार गरेर कसैले कसैलाई घचेटेर मार्यो वा ढुकेर झटारो हानी मार्यो भने, अथवा हातले प्रहार गरेर कसैले कसैलाई मार्यो भने, प्रहार गर्ने व्यक्ति मारिनैपर्छ। त्यो हत्यारा हो। रगतको साटो लिने व्यक्तिले त्यसलाई जहाँ फेला पार्छ त्यहीँ मारोस्। “‘तर यदि कसैले कसैलाई अजानमा घचेटेर मार्यो, अथवा केही कुरा हान्दा लागेर त्यो मर्यो भने, वा दुश्मनी नभएको र खति गर्न नचाहने व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने, समुदायले ज्यानमारा र रगतको साटो फेर्ने व्यक्तिको बीचमा यी विधिअनुसार न्याय गर्नुपर्छ।
गन्ती 35:20-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्यो भने, अर्थात् शत्रुताको कारण त्यसले उसलाई हिर्कायो, र त्यो मर्यो भने त्यो मानिस हत्यारा हो। त्यसलाई मृत्युदण्ड दिनैपर्छ। रगतको बदला लिनेले त्यस हत्यारालाई भेट्नेबित्तिकै मार्नैपर्छ। “ ‘तर यदि कसैले कसैलाई अनजानमा घचेट्दा मर्यो अथवा केही कुरा हानिपठाउँदा लागेर त्यो मर्यो भने, अर्थात् दुश्मनी नभएको र हानि गर्न नचाहेको व्यक्तिले हानेको ढुङ्गाले लागेर कोही मर्यो भने, समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
गन्ती 35:20-24 पवित्र बाइबल (NERV)
“यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि ऊ त्यसैले मर्छ, अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ। “तर यदि कसैले कसैलाई अन्जानमा मारेको हो, अनि त्यो मर्ने व्यक्तिमाथि मार्ने व्यक्तिको शत्रुता होइन, अथवा एक व्यक्तिले केहि चीज फ्याँकछ र संयोग वश कसैलाई मार्छ भने यो मर्ने व्यक्तिमाथि घृणा थिएन, अथवा उसले मार्छु भनी घचेटेको, कुनै प्रहार गरेको होइन अथवा मार्ने व्यक्तिको त्यस्तो कुनै योजना नै थिएन भने, अथवा त्यो व्यक्तिले केही फ्याँक्दा कसैलाई लाग्यो अनि त्यो मर्यो भने त्यो अन्जानमा घटेको घटना हो। तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।
गन्ती 35:20-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“यदि कुनै मानिसले कसैसँग रिसाएर त्यसलाई घचेटेर वा कुनै झटारोले हिर्काएर मार्यो वा घुस्साले हिर्काएर मार्यो भने त्यो ज्यानमारा हो र त्यसलाई प्राणदण्ड दिनुपर्छ। हत्यारालाई मार्ने जिम्मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्यसले जब हत्यारालाई भेट्टाउँछ, तब त्यसलाई मारोस्। “आफूले रिस नगरेको मानिसलाई कसैले अन्जानमा घचेटेर वा झटारोले हिर्काएर मार्यो भने अथवा नहेरीकन ढुङ्गा हान्दा आफूले दुश्मनी पनि नगरेको मानिस ढुङ्गाले लागेर मर्यो भने त्यस्तो अवस्थामा समुदायले मार्ने मानिसको पक्षमा फैसला दिनेछ तर बदला लिन खोज्ने नातेदारको पक्षमा होइन।