गन्ती 27
27
सलोफादका छोरीहरू
1योसेफका छोरा मनश्शे, मनश्शेका छोरा माकीर र तिनका छोरो गिलाद थिए। गिलादका छोरा हेपेर र तिनका छोरा सलोफाद थिए। सलोफादका छोरीहरू महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। 2ती केटीहरू गएर मोशा, पूजाहारी एलाजार, अगुवाहरू र सारा इस्राएली समाजको सामुन्ने परमप्रभुले बास गर्ने पवित्र पालका ढोकामा उभिएर भने, 3“हाम्रा बुबा उजाड-भूमिमा मरे। उनका कोही छोरा थिएनन्। उनी कोरहको दलमा थिएनन्। कोरहले परमप्रभुका विरुद्धमा विद्रोह गरेका थिए। हाम्रा बुबा आफ्नै पापमा मरेका हुन्। 4उनको छोरो थिएन भन्दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्पत्ति दिनुहोस्।”
5मोशाले तिनका कुरा परमप्रभुको अघि लगे। 6परमप्रभुले भन्नुभयो, 7#गन्ती 36:2“सलोफादका छोरीहरूले जे बिन्ती गरेका छन्, त्यो उचित छ। तिनका बुबाका नाता-गोतासँगै तिनीहरूलाई सम्पत्ति दिनू। त्यसको अंश ती केटीहरूले पाऊन्। 8इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्यसको सम्पत्तिमाथि त्यसकी छोरीको हक लाग्नेछ। 9त्यसकी छोरी पनि छैन भने त्यसका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्। 10यदि त्यसका भाइहरू पनि छैनन् भने त्यसको बुबाका दाजुभाइले त्यो सम्पत्ति पाउनेछन्। 11त्यसका दाजुभाइ वा काकाहरू छैनन् भने त्यसका सबैभन्दा नजिकका नातेदारले सम्पत्ति पाउनेछ र त्यसलाई आफ्नो निजी सम्पत्ति बनाउनेछन्। इस्राएलीहरूले यस नियमलाई कानुनी विधिको रूपमा मान्नुपर्नेछ, जस्तो म परमप्रभुले आज्ञा गरेको छु।”
मोशाका उत्तराधिकारी यहोशू
(व्यवस्था ३१:१-८)
12 #
व्यवस्था 3:23-27; 32:48-52 परमप्रभुले मोशालाई भन्नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्यस देशलाई हेर्। 13तैँले त्यो देश हेरेपछि तेरा दाजु हारूनझैँ तँ मर्नेछस् 14किनभने सीनको उजाड-भूमिमा तिमीहरू दुवैले मेरा आज्ञाको विरोध गर्यौ। जब सारा समुदायले मेरीबामा मेरो विरुद्धमा गनगन गरे, तिमीहरूले तिनीहरूका सामुन्ने मेरो पवित्र शक्ति स्वीकार गरेनौ।” (मेरीबा सीनको उजाड-भूमिमा कादेशको एउटा सानो खोला हो।)
15मोशाले प्रार्थना गरे, 16“परमप्रभु परमेश्वर, सारा प्राणीका मूल! म बिन्ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्ने एउटा मानिस नियुक्त गर्नुहोस्। 17#१ राजा 22:17; इजकिएल 34:5; मत्ती 9:36; मर्कूस 6:34जसले लडाइँमा पनि आदेशहरू दिन सक्छन् र तपाईंका मानिसहरू गोठालाबिनाका भेडाझैँ हुनेछैनन्।”
18 #
प्रस्थान 24:13
परमप्रभुले मोशालाई भन्नुभयो, “नूनको छोरो यहोशूलाई लिएर त्यसको शिरमाथि हात राख्। त्यो एक योग्य मानिस हो। 19त्यसलाई पूजाहारी एलाजार र सारा समुदायको सामुन्ने उभिन लगा र तिनीहरूका सबैको अघि तँपछि तिनीहरूको अगुवा त्यो हो भनी घोषणा गर्। 20तेरो अधिकारको केही भाग त्यसलाई सुम्पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्।
21 #
प्रस्थान 28:30; १ शमूएल 14:41; 28:6 त्यो पूजाहारी एलाजारमाथि भरपर्नेछ र एलाजारले ऊरीम र तुम्मीमद्वारा मेरो इच्छा बुझ्नेछ। यस प्रकारले एलाजारले यहोशूलाई बाटो देखाउनेछ र सबै विषयमा इस्राएली समुदायलाई पनि अगुवाइ गर्नेछ।” 22परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले सबै कुरा गरे। तिनले यहोशूलाई एलाजार र सारा समाजको अघि उभ्याए। 23#व्यवस्था 31:23परमप्रभुको आज्ञाअनुसार मोशाले आफ्ना हात यहोशूको शिरमा राखे र तिनलाई आफ्नो उत्तराधिकारी र इस्राएलीहरूको अगुवा हो भनी घोषणा गरे।
अहिले सेलेक्ट गरिएको:
गन्ती 27: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.