गन्ती 26
26
दोस्रो जन-गणना
1 #
गन्ती 1:1-46
विपत्ति सकिएपछि परमप्रभुले मोशा अनि हारूनको छोरो एलाजारलाई यसो भन्नुभयो, 2“घराना-घरानाका हिसाबले सारा इस्राएली समाज अनि त्यहाँ भएका बीस वर्ष नाघेका सैनिक सेवा गर्न सक्ने पुरुषहरूको गन्ती लेओ।” 3-4मोशा र एलाजारले सो आज्ञापालन गरे र त्यस उमेर भएका सबै पुरुषहरूलाई एकसाथ भेला गरे। तिनीहरू यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा भेला भए।
मिश्रबाट निस्किआएका इस्राएलीहरू यिनै हुन्–
5याकूबका जेठा छोरा रूबेनको कुलबाट आएका सन्तान– हानोक, पल्लू, 6हेस्रोन र कर्मीका वंशहरू। 7यी वंशबाट ४३,७३० पुरुषहरू थिए। 8पल्लूका सन्तानमा एलीआब 9र तिनका छोराहरू दातान, नमूएल र अबीराम थिए। (यी दातान र अबीराम ती नै पुरुषहरू थिए, जसलाई इस्राएली समाजले चुनेका थिए। कोरहसँग लागेर मानिसहरूले परमप्रभुको विरोध गरी मोशा र हारूनलाई नमानेको दिनमा यिनीहरू पनि मिलेका थिए।
10जमिन फाटेर कोरहसमेतलाई निलेको थियो र आगलागी भएर २५० जना मानिसहरू मरेका थिए। तिनीहरू यसरी मानिसहरूको निम्ति चेतावनी भएका थिए। 11तर कोरहका छोराहरू भने मारिएनन्।)
12शिमियोन कुलबाट नमूएल, यामीन, याकीन, 13जेरह र शौलका वंशहरू। 14यी वंशका पुरुषहरूको सङ्ख्या २२,२०० थियो।
15गाद कुलबाट– सेफोन, हाग्यी, शूनी, 16ओजनी, एरी, 17अरोदी र अरेलीका वंशहरू। 18यी वंशहरूको सङ्ख्यामा ४०, ५०० पुरुष थिए।
19-21यहूदा कुलबाट– शेलह, फारेस, जेरह, हेस्रोन र हामूलका वंशहरू। (यहूदाका दुई छोराहरू एर् र ओनान कनान देशमा मरेका थिए। 22यी वंशको सङ्ख्यामा ७६,५०० पुरुषहरू थिए।)
23इस्साखार कुलबाट– तोला, पुवा, 24याशूब र शिम्रोन वंशहरू 25र यी वंशका सङ्ख्यामा ६४,३०० पुरुष थिए।
26जबूलून कुलबाट– सेरेद, एलोन र यहलेलका वंशहरू। 27यी वंशका सङ्ख्यामा ६०,५०० पुरुष थिए।
28योसेफका कुलबाट– योसेफका दुई भाइ छोराहरू थिए– मनश्शे र एफ्राइम।
29मनश्शे कुलबाट– मनश्शेका छोरा, माकीर, गिलादका बुबा थिए। गिलाद यी वंशका पुर्खा थिए– 30इएजेर, हेलेक, 31अस्रीएल, शकेम, 32शमीदा र हेपेर। 33हेपेरका छोरा, सलोफादका छोरा थिएनन् तर केवल छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआह, होग्ला, मिल्का र तिर्सा थिए। 34यी वंशहरूको सङ्ख्यामा ५२,७०० पुरुष थिए।
35एफ्राइम कुलबाट– शूतेलह, बेकेर र तहनका वंशहरू, 36एरानका वंशको वंशावली शूतेलहबाट सुरु भएको थियो। 37यी वंशहरूको सङ्ख्यामा ३२,५०० पुरुष थिए।
यी वंशहरू योसेफबाट जन्मेका हुन्।
38बेन्यामीन कुलबाट– बेला, अश्बेल, अहीराम, 39शूपाम, हूपामका वंशहरू, 40आर्द र नामानका वंशहरूको वंशावली बेलाबाट सुरु भएको थियो। 41यी वंशको सङ्ख्यामा ४५,६०० पुरुष थिए।
42दान कुलबाट– शूहामको वंश, 43जसको सङ्ख्यामा ६४,४०० पुरुष थिए।
44आशेर कुलबाट– यिम्ना, यिश्वी र बरीआका वंशहरू, 45हेबेर र मल्कीएलका वंशको वंशावली बरीआबाट सुरु भएको थियो। 46आशेरको सेरह नाम गरेकी एउटी छोरी थिई। 47यी वंशहरूको सङ्ख्यामा ५३,४०० पुरुष थिए।
48नप्ताली कुलबाट यहसील, गुनी, 49येसेर र शिल्लेमका वंशहरू। 50यी वंशहरूको सङ्ख्यामा ४५,४०० पुरुष थिए।
51इस्राएली पुरुषहरूको जम्मा सङ्ख्या ६,०१,७३० थियो।
52 #
गन्ती 34:13; यहोशू 14:1,2 परमप्रभुले मोशालाई भन्नुभयो, 53“यो देशलाई कुलहरूका बीचमा तिनीहरूका सङ्ख्याअनुसार बाँडिदे। 54-56चिट्ठा हालेर देश बाँडिदिनू। ठूलो कुललाई ठूलै भाग– सानो कुललाई सानै भाग गरिदिनू।”
57लेवी कुलमा गेर्शोन, कहात र मरारीका वंशहरू पर्थे। 58तिनका सन्तानमध्ये लिब्नी, महली, हेब्रोन, मूशी र कोरहका खलक पर्थे। कहात अम्रामका बुबा थिए। 59अम्रामले लेवीकी छोरी योकेबेदलाई विवाह गरेका थिए। योकेबेद मिश्रमा जन्मेकी थिइन्। तिनले अम्रामबाट दुई छोरा, हारून र मोशा र एउटी छोरी मिरियमलाई जन्माइन्। 60#गन्ती 3:2हारूनका चार भाइ छोराहरू भए– नादाब, अबीहू, एलाजार र ईतामार। 61#लेवी 10:1,2; गन्ती 3:4परमप्रभुलाई अपवित्र आगो चढाउँदा नादाब र अबीहू मरे। 62एक महिना वा त्योभन्दा बढ्ता उमेर भएका लेवी पुरुषहरूको सङ्ख्या तेईस हजार थियो। अरू इस्राएलीहरूदेखि अलग गरी तिनीहरूका नाम छुट्टै लेखिएको थियो किनभने तिनीहरूलाई इस्राएलमा केही सम्पत्ति दिइएको थिएन।
63मोशा र एलाजारले यरीहोदेखि यर्दन नदीको पारिपट्टि मोआबका मैदानमा इस्राएलीहरूको जनगणना लिएको बेलामा यी वंशहरूका नाम लेखिएका थिए। 64मोशा र हारूनले सीनै पर्वतमा पहिलो जनगणना लिएको बेलामा लेखेका कुनै व्यक्तिको नाम यो जनगणनामा आएन। 65#गन्ती 14:26-35तिनीहरू सबै उजाड-स्थानमा मर्नेछन् भनी परमप्रभुले भन्नुभएको थियो अनि यपुन्नेका छोरा कालेब र नूनका छोरा यहोशू छोडी अरू सबै त्यहाँ मरेका थिए।
अहिले सेलेक्ट गरिएको:
गन्ती 26: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.