दूतले सोधे, “किन तिमीले तीनपल्ट गधालाई त्यसरी हिर्कायौ? म तिम्रो बाटो छेक्न आएको छु किनभने तिमीले यो यात्रा गर्नुहुँदैन। तर तिम्रो गधाले मलाई देख्यो र तीनपल्ट बाटो तर्क्यो। त्यसले त्यसरी बाटो नतर्केको भए म तिमीलाई मार्नेथिएँ र गधालाई चाहिँ जिउँदै छोड्नेथिएँ।” बालामले उत्तर दिए, “मैले पाप गरेको छु। मेरो बाटो थुनेर तपाईं खडा हुनुभएको छ भनी मलाई थाहा थिएन। तर अब म यसरी जानु ठीक छैनँ भन्ठान्नुहुन्छ भने म घर फर्कनेछु।” तर स्वर्गदूतले भने, “यी मानिसहरूसित जाऊ तर मैले भनेका कुरा मात्र भन्नू।” यसरी बालाम तिनीहरूसित गए। बालाकले बालाम आउँदै छन् भनी सुने र तिनलाई भेट्न मोआबको सीमानाको अर्नोन नदीको छेउमा आर सहरसम्म गए। बालाकले तिनलाई भने, “पहिलोचोटि मैले बोलाउन पठाउँदा किन आएनौ? म तिमीलाई जति भने पनि इनाम दिन सक्नेछु भनी तिमीले पत्याएनौ?” बालामले उत्तर दिए, “हेर्नुहोस्, म आएँ, आइनँ र? अब मसित के शक्ति छ र? जे परमेश्वरले मलाई भन्न लाउनुहुन्छ, त्यही मात्र म भन्न सक्छु।” यसरी बालाम बालाकसित किर्यत-हुसोत सहरमा गए। त्यहाँ बालाकले गाई-गोरु र भेडाहरू मारे र केही मासु बालाम र तिनीसित आएका अगुवाहरूलाई दिए। भोलिपल्ट बिहान बालाकले बालामलाई बमोत-बालमा लगे। त्यहाँबाट बालामले नजिकका केही भागसम्म इस्राएलीहरूलाई देखे।
गन्ती 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 22:32-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू