YouVersion लोगो
खोज आइकन

नहेम्‍याह 8:9-15

नहेम्‍याह 8:9-15 सरल नेपाली

व्‍यवस्‍थाका वचनले मानिसहरूको हृदय छोयो र तिनीहरू रुन लागे। तब बडा-हाकिम नहेम्‍याह, पूजाहारी शास्‍त्री एज्रा, शिक्षा दिइरहेका लेवीहरूले तिनीहरूलाई भने, “आजको दिन हाम्रा प्रभु परमेश्‍वरको लागि पवित्र छ, यसर्थ आज तिमीहरू रुनु-कराउनुहुँदैन। अब घर गएर भोज खाओ। जोसँग पुग्‍दो छैन, ऊसँग आफ्‍ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्‍ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्‍दले तिमीहरू बलिया हुनेछौ।” लेवीहरूले मानिसहरूका बीचमा घुमी-घुमी तिनीहरूलाई शान्‍त गराए, आज जस्‍तो पवित्र दिनमा विलाप नगर भनी सम्‍झाए। तब सबै इस्राएलीहरू घर गए, आनन्‍दसाथ खाए, पिए, आफूसँग भएका कुरा अरूसँग बाँडे किनभने व्‍यवस्‍थाबाट पढी सुनाइएका कुरा तिनीहरूले बुझेका थिए। भोलिपल्‍ट वंश-वंशका मुखियाहरू, पूजाहारी र लेवीहरू व्‍यवस्‍थाका शिक्षा अध्‍ययन गर्न एज्राकहाँ गए। तिनीहरूले देखे कि परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍थाअनुसार केही दिनको निम्‍ति हामीहरू छाप्रोमा बस्‍नुपर्थ्‍यो। त्यसलाई छाप्रो वासको चाड भनिन्‍थ्‍यो। तब तिनीहरूले यरूशलेम र अरू सहरहरूभरि यस्‍तो समाचार पठाए, “पहाडमा जाओ, धूपी, भद्राक्ष, मेहदी, खजूर र अरू रूखबाट हाँगाबिँगा बटुलेर ल्‍याओ। व्‍यवस्‍थामा लेखेअनुसार हामीले छाप्रो बनाउनुपर्छ।”

नहेम्‍याह 8 पढ्नुहोस्