येशू टुरोसबाट हिंडेर सीदोन सहर हुँदै दश सहरको बाटो भएर गालीलको तालमा आउनुभयो। त्यहाँ मानिसहरूले एक जना कान नसुन्ने र राम्ररी बोल्न नसक्ने मानिसलाई येशूकहाँ ल्याए। अनि ‘त्यसलाई छोइदिनुहोस्’ भनेर उहाँलाई बिन्ती गरे। येशूले उसलाई मानिसको घुइँचोबाट अलिक पर लैजानुभयो। अनि उसको कानमा औंला हाल्नुभयो र थुकेर उसको जिब्रो छुनुभयो। त्यसपछि येशूले स्वर्गतिर हेर्दै सुस्केरा हालेर भन्नुभयो, “इफ्फाता” अर्थात् “खोलिजा!” यसो भन्नेबित्तिकै त्यस मानिसका कान खुले, जिब्रो चल्यो र ऊ मजाले बोल्न थाल्यो। येशूले तिनीहरू सबैलाई “यो कुरा कसैलाई पनि नभन्नू,” भनी आज्ञा दिनुभयो। तर जति उहाँले नभन्ने आज्ञा दिनुहुन्थ्यो, त्यति नै मानिसहरूले भन्दै हिंड्थे। यो कुरा सुन्नेहरू जति सबैले ज्यादै अचम्म मानेर भने, “उहाँले कत्ति राम्रो काम गर्नुहुन्छ। उहाँले बहिरालाई सुन्न सक्ने र लाटालाई बोल्न सक्ने पार्नुहुन्छ।”
मर्कूस 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 7:31-37
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू