YouVersion लोगो
खोज आइकन

मर्कूस 6:7-12

मर्कूस 6:7-12 सरल नेपाली

त्‍यति बेला उहाँले आफूले छान्‍नुभएका बाह्र जनालाई बोलाएर तिनीहरूलाई भूत निकाल्‍ने शक्ति र अधिकार दिनुभयो, अनि दुई-दुई जना गरेर गाउँ-सहरमा यसो भन्‍दै पठाउनुभयो, “टेक्‍ने लौरोबाहेक बाटोको लागि रोटी, झोला, पैसा वा अरू केही नबोक। जुत्ता लगाओ अनि दौराचाहिँ एउटै मात्र लगाएर जाओ।” उहाँले तिनीहरूलाई अझै भन्‍दैजानुभयो, “कुनै गाउँमा पुग्‍दा जुन घरमा पस्‍छौ, त्‍यो गाउँ नछोडुञ्‍जेलसम्‍म त्‍यही घरमा बस्‍नू। अनि कुनै ठाउँमा पुग्‍दा मानिसहरूले तिमीहरूलाई स्‍वागत गरेनन् र तिमीहरूका कुरा सुन्‍न मानेनन् भने ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिंदै पैतालाको धुलो त्‍यहीं टक्टक्‍याएर त्‍यो गाउँ छोडिदेओ।” त्‍यसपछि चेलाहरू गए अनि मानिसहरूलाई “पश्‍चात्ताप गर, पाप छोड,” भनेर प्रचार गर्न थाले।

मर्कूस 6 पढ्नुहोस्