उहाँले बाह्र जनालाई आफूकहाँ बोलाउनुभयो, र तिनीहरूलाई दुई-दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो। तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “यात्राको निम्ति साथमा केही नबोक्नू, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नू। जुत्ता लाउनू, तर अरू बढ़ी दौरा नबोक्नू।” उहाँले तिनीहरूलाई भन्नुभयो, “जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कँदैनौ तबसम्म त्यहीँ नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन भने, र मानिसहरूले तिमीहरूको वचन सुन्न इन्कार गरे भने, त्यस ठाउँबाट तिमीहरू निस्कँदा तिनीहरूका विरुद्धमा गवाहीको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनू।” तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चात्ताप गरून् भनी प्रचार गरे।
मर्कूस 6 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:7-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू