झट्टै येशूले चेलाहरूलाई नाउमा चढाएर तालपारि बेथसेदा गाउँमा पठाउनुभयो। उहाँ आफूचाहिँ मानिसहरूलाई बिदा गर्न त्यहीं बस्नुभयो। तिनीहरूलाई बिदा गरिसक्नुभएपछि उहाँ प्रार्थना गर्न डाँडामा उक्लनुभयो। रात पर्यो। नाउ समुद्रको निकै पर पुगेको थियो। येशूचाहिँ एक्लै किनारमा हुनुहुन्थ्यो। बतास विपरीत दिशाबाट चलेको हुनाले आफ्ना चेलाहरूलाई नाउ चलाउन आपत् परेको येशूले देख्नुभयो। बिहानीपख झिसमिसेमा येशू पानीमाथि हिंडेर चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँ नाउलाई उछिनेर जान लाग्नुभएको थियो। उहाँलाई पानीमाथि नै हिंडिरहनुभएको देख्दा चेलाहरू “भूत आयो!” भनेर चिच्च्याउन थाले। तिनीहरू सबै उहाँलाई देखेर डराए। अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर!” त्यसपछि उहाँ नाउमा चढ्नुभयो र बतास पनि थामिहाल्यो। यो देखेर चेलाहरू झन् छक्कै परे। येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्यसको पूरा अर्थ बुझ्न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो।
मर्कूस 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 6:45-52
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू