येशू फेरि गालील तालको किनारमा शिक्षा दिन लाग्नुभएको थियो। उहाँको वरिपरि धेरै मानिसहरूको घुइँचो लागेको हुनाले उहाँ एउटा नाउमा चढेर किनारबाट पर गई बस्नुभयो। मानिसहरूचाहिँ किनारमै बसे। अनि उहाँले मानिसहरूलाई धेरै कुराहरू दृष्टान्तको कथाबाट सिकाउनुभयो। उहाँले यसो भन्नुभयो, “सुन! एक जना मानिस बीउ छर्न गयो। बारीमा बीउ छर्दाछर्दै केही बीउ बाटोमा पर्यो र चराहरूले आएर खाइदिए। केही बीउचाहिँ ढुङ्गेनी जमिनमा पर्यो। त्यहाँ थोरै माटो भएकोले छिटै टुसा देखिए, तर गहिरोसँग जरा हाल्न नसकेकोले चर्को घाम लाग्नासाथ ओइलिएर सुकिहाले। कति बीउचाहिँ काँडाहरूको झ्याङमा परे र काँडाहरू झ्याँगिएर उम्रेका बिरुवाहरूलाई नाश गरिदिए अनि उब्जनी नै भएन। तर कति बीउ भने मलिलो माटोमा परे, उम्रिए, बढे र मौलाए। अनि त्यहाँ कुनै बीउबाट तीस गुणा, कुनैबाट साठी गुणा र कुनैबाट सय गुणा उब्जनी भयो।” त्यसपछि येशूले भन्नुभयो, “जसको कान छ, त्यसले सुनोस्।”
मर्कूस 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू