पछिबाट फेरि समुद्रको किनारमा उहाँले शिक्षा दिन लाग्नुभयो। उहाँका चारैपट्टि भीड यति ठूलो भयो कि उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र त्यसैमा बस्नुभयो। मानिसहरूचाहिँ समुद्रको किनारका पाखामा बसेका थिए। अनि उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा धेरै कुरा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो: “सुन! हेर, एक जना बीउ छर्ने मानिस बीउ छर्नलाई निस्क्यो। अनि छर्दाखेरि केही बीउ बाटोतिर परे, र ती बीउ चराचुरुङ्गीले आएर खाइहाले। केही बीउ ढुङ्गेनी ठाउँमा परे, जहाँ धेरै माटो थिएन, र माटोको गहिराइ नहुनाले ती छिट्टै उम्रे। घाम निकै चर्केपछि टुसाहरू डढ़िहाले, जरा नलागेकोले ती ओइलिहाले। केही बीउचाहिँ काँढ़ाहरूका बीचमा परे। काँढ़ाहरू बढ़े, र बोट निसासिए, अनि तिनमा फल लागेनन्। तर केही बीउ असल जमिनमा परे, र उम्रँदै र बढ्दैगएर तीस गुणा, साठी गुणा र सय गुणा फल दिए।” अनि उहाँले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
मर्कूस 4 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 4:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू