YouVersion लोगो
खोज आइकन

मर्कूस 3:1-6

मर्कूस 3:1-6 सरल नेपाली

येशू सभाघरमा जानुहुँदा त्‍यहाँ एक जना हात सुकेको मानिस थियो। पवित्र विश्रामको दिनमा येशूले कसैलाई निको पार्छन् कि भनेर दोष लगाउनलाई चियो गर्ने मानिसहरू पनि त्‍यहाँ थिए। येशूले हात सुकेको त्‍यस मानिसलाई बोलाएर भन्‍नुभयो, “उठेर अगाडि आऊ।” त्‍यसपछि येशूले मानिसहरूलाई सोध्‍नुभयो, “लौ भन्‍नुहोस्, हाम्रो व्यवस्थाले विश्रामको दिनमा के गर्नु ठीक छ भन्‍छ? भलाइ गर्नू भन्‍छ कि हानि गर्नू? बचाउनू भन्‍छ कि मार्नू?” तर मानिसहरूले केही पनि जवाफ दिएनन्। त्‍यसो हुँदा येशूले झोकिएर तिनीहरू सबैलाई सरसरी हेर्नुभयो। ती मानिसहरूको कठोर मनलाई देखेर उहाँ असाध्‍यै दु:खित हुनुभयो। अनि उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्‍काऊ!” उसले हात तन्‍कायो र उसको हात निको भइहाल्‍यो। अब फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूचाहिँ सभाघरबाट निस्‍केर गए र तुरुन्‍तै हेरोद राजाका मानिसहरूसँग भेटेर येशूलाई कसरी मार्ने भनी सल्‍लाह गर्न लागे।

मर्कूस 3 पढ्नुहोस्