YouVersion लोगो
खोज आइकन

मर्कूस 3:1-6

मर्कूस 3:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पछिबाट फेरि उहाँ सभाघरमा पस्‍नुभयो। त्‍यहाँ सुकेको हात भएको एक जना मानिस थियो। कतै उहाँले त्‍यसलाई शबाथ-दिनमा निको पार्नुहुन्‍छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। तब उहाँले सुकेको हात भएको मानिसलाई भन्‍नुभयो, “यता आऊ।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे। तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो र त्‍यसको हात निको भयो। तब निस्‍केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्‍तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्

मर्कूस 3:1-6 नेपाली समकालीन संस्करण (NCV)

अर्को पटक उहाँ सभाघरमा जानुभयो, अनि त्यहाँ हात सुकेर नचल्ने भएको एकजना मानिस थियो। तिनीहरूमध्ये कोहीले येशूलाई दोष लगाउने निहुँ खोजिरहेका थिए, त्यसैले तिनीहरू उहाँले विश्रामदिनमा त्यसलाई निको पार्नुहुन्छ कि भनेर नजिकबाट नियाली रहेका थिए। येशूले हात सुकेको त्यो मानिसलाई भन्‍नुभयो, “सबैको सामुन्‍ने खडा होऊ।” तब येशूले तिनीहरूलाई सोध्नुभयो, “विश्रामदिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि मार्नु?” तर तिनीहरू चूप रहे। तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो, अनि त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्‍यो, अनि त्यसको हात पूर्ण रूपले निको भइहाल्यो। अनि तुरुन्तै फरिसीहरू बाहिर गइहाले अनि येशूलाई कसरी मार्ने भनी राजा हेरोदका समर्थकहरूसँग षड्यन्त्र रच्न थाले।

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्

मर्कूस 3:1-6 पवित्र बाइबल (NERV)

अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो। कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे। येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।” अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्। येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो। तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्

मर्कूस 3:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू सभाघरमा जानुहुँदा त्‍यहाँ एक जना हात सुकेको मानिस थियो। पवित्र विश्रामको दिनमा येशूले कसैलाई निको पार्छन् कि भनेर दोष लगाउनलाई चियो गर्ने मानिसहरू पनि त्‍यहाँ थिए। येशूले हात सुकेको त्‍यस मानिसलाई बोलाएर भन्‍नुभयो, “उठेर अगाडि आऊ।” त्‍यसपछि येशूले मानिसहरूलाई सोध्‍नुभयो, “लौ भन्‍नुहोस्, हाम्रो व्यवस्थाले विश्रामको दिनमा के गर्नु ठीक छ भन्‍छ? भलाइ गर्नू भन्‍छ कि हानि गर्नू? बचाउनू भन्‍छ कि मार्नू?” तर मानिसहरूले केही पनि जवाफ दिएनन्। त्‍यसो हुँदा येशूले झोकिएर तिनीहरू सबैलाई सरसरी हेर्नुभयो। ती मानिसहरूको कठोर मनलाई देखेर उहाँ असाध्‍यै दु:खित हुनुभयो। अनि उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्‍काऊ!” उसले हात तन्‍कायो र उसको हात निको भइहाल्‍यो। अब फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूचाहिँ सभाघरबाट निस्‍केर गए र तुरुन्‍तै हेरोद राजाका मानिसहरूसँग भेटेर येशूलाई कसरी मार्ने भनी सल्‍लाह गर्न लागे।

शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्