पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यता आऊ।” उहाँले तिनीहरूलाई भन्नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे। तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो र त्यसको हात निको भयो। तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।
मर्कूस 3 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 3:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू