मन्दिरमा शिक्षा दिइरहँदा येशूले भन्नुभयो, “धर्म-गुरुहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्? परमेश्वरको पवित्र आत्माले दाऊद आफैंलाई त यसो भन्न लगाउनुभएको थियो– परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारूञ्जेलसम्म तिमी मेरो दाहिनेपट्टि बस!’। दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” मानिसहरूको भीडले येशूका शिक्षालाई चाख मानेर सुनिरहेका थिए। फेरि शिक्षा दिंदै येशूले भन्नुभयो, “धर्म-गुरुहरूदेखि होशियार रहो। तिनीहरू लामो सुन्दर वस्त्र लगाएर घुम्न रुचाउँछन्, बजारमा मानिसहरूले आफूलाई आदरसाथ अभिवादन गरून् भन्ने चाहन्छन् अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्छन्। तिनीहरूले विधवाको घरबार खोस्छन् र अझै देखावटी गरेर लामा-लामा प्रार्थना गर्दछन्। त्यस्ताहरूले झन् ठूलो सजाय पाउनेछन्।” येशूले मन्दिरमा दान हाल्ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए। अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई। अनि येशूले आफ्ना चेलाहरूलाई डाकेर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन् किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”
मर्कूस 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:35-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू