अनि मन्दिरमा सिकाउनुहुँदा येशूले भन्नुभयो, “कसरी ख्रीष्ट दाऊदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्? किनकि दाऊद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ।’ जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?” अनि त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्यो। तब शिक्षा दिनुहुँदा येशूले भन्नुभयो, “शास्त्रीहरूदेखि होशियार रहो। तिनीहरू लामो वस्त्र लाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन, तथा सभाघरहरूमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्। तिनीहरू विधवाहरूका घर लुट्छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले अझ बढ़ी दण्ड पाउनेछन्।” अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए। अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई। आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई। किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
मर्कूस 12 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 12
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 12:35-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू