[तर अरूलाई क्षमा दिंदैनौ भने स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछैन।”] येशू आफ्ना चेलाहरूसँग फेरि यरूशलेममा आउनुभयो। मन्दिरमा हिँडिरहँदा मुख्य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू उहाँकहाँ आएर उहाँलाई सोधे, “तपाईंले कहाँबाट अधिकार पाएर यी काम गर्दै हुनुहुन्छ? यो अधिकार तपाईंलाई कसले दियो?” येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई जवाफ देओ अनि मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्यो तिमीहरूलाई भन्नेछु। लौ भन; यूहन्नाले बप्तिस्मा दिने अधिकार कहाँबाट पाए, परमेश्वरबाट कि मानिसबाट?” यो सुनेर तिनीहरू आपसमा यसरी कुरा गर्न लागे, “अब हामी के जवाफ दिऔं? परमेश्वरबाट भनौं भने ‘तिमीहरूले किन यूहन्नालाई विश्वास गरेनौ त?’ भनेर उनले सोधिहाल्छन्। यदि मानिसबाट भनौं भने कसरी भन्ने?” यसो भन्न तिनीहरू डराए किनभने सबै जनाले यूहन्नालाई अगमवक्ता हुन् भनेर मान्थे। यसकारण तिनीहरूले येशूलाई भने, “खै हामीलाई त थाहा छैन।” तब येशूले भन्नुभयो, “त्यसो भए मैले कहाँबाट अधिकार पाएर यी सबै काम गर्दै छु, म पनि तिमीहरूलाई भन्दिनँ।”
मर्कूस 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 11:26-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू