[तर क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”] उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्य पूजाहारीहरू, शास्त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए। तिनीहरूले उहाँलाई प्रश्न गरे, “कुन अधिकारले तिमी यी कामहरू गर्दछौ? यी कामहरू गर्ने अधिकार तिमीलाई कसले दियो?” येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, र तिमीहरूले त्यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्नेछु। यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।” तब तिनीहरू यसो भन्दै आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भनेता ‘तिमीहरूले उनीमाथि किन विश्वास गरेनौ’ भनी तिनले भन्नेछन्। ‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्नालाई साँचो अगमवक्ता भनी ठान्थे। तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन।” येशूले तिनीहरूलाई भन्नुभयो, “म पनि कुन अधिकारद्वारा यी काम गर्दछु, सो तिमीहरूलाई भन्दिनँ।”
मर्कूस 11 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 11
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 11:26-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू