“माग त पाउनेछौ, खोज त भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूको लागि ढोका उघारिनेछ किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउँनेका लागि ढोका उघारिनेछ। के तिमीहरूमध्ये कोही यस्तो बुबा होला, जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिन्छ? अथवा माछा माग्दा सर्प दिन्छ? यसरी तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीलाई असल कुराहरू दिन जान्दछौ भने झन् स्वर्गमा हुनुहुने तिमीहरूका पिताले त उहाँसँग माग्नेहरूलाई झन् कति असल कुरा दिनुहुनेछ।
मत्ती 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 7:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू