YouVersion लोगो
खोज आइकन

मत्ती 7:7-11

मत्ती 7:7-11 नेपाली समकालीन संस्करण (NCV)

“माग अनि तिमीहरूलाई त्यो दिइनेछ, खोज अनि तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ। “तिमीहरूमध्ये को होला जसको छोराले रोटी माग्यो भने उसलाई ढुङ्गा देला? अथवा माछा माग्यो भने उसलाई सर्प देला? यदि तिमीहरू जो दुष्‍ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने, झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई कति बढी उत्तम उपहारहरू दिनुहुनेछ।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:7-11 पवित्र बाइबल (NERV)

“माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ। साँच्चो हो, जसले माग्छ त्यसले पाउँदछ। जसले खोज्दछ उसले भेट्टाउँदछ। अनि जसले ढक्ढक्याउँछ उसको निम्ति ढोका खोलिनेछ। “तिमीहरूमध्येको बाबु होला? यदि तिमीहरूको छोरोले रोटी मागे, के तिमीहरू उसलाई ढुङ्गा दिन्छौ? अँहँ। अथवा, जब तिम्रो छोरोले माछा माग्छ भने के तिमीले उसलाई सर्प दिन्छौ? अँहँ! तिमी परमेश्वर झैं होइनौ-तिमी दुष्ट हौ र पनि तिमीहरूका छोरा-छोरीहरूलाई असल कुराहरू दिन जान्दछौ। यसकारण तिमीहरूका पिताले उहाँसित माग्नेहरूलाई कति बढी भरेर असल चीजहरू दिनु हुनुहुनेछ।

शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्

मत्ती 7:7-11

मत्ती 7:7-11 NNRVमत्ती 7:7-11 NNRVमत्ती 7:7-11 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्