अनि उहाँले तिनीहरूलाई शिक्षा दिँदै यसो भन्नुभयो– “आफूलाई आत्मामा गरीब ठान्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले तिनीहरूलाई मनमा शान्ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले पृथ्वीमा अधिकार गर्न पाउनेछन्। परमेश्वरको हरेक आज्ञा र इच्छा पूरा होस् भनेर सम्पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मेलमिलाप गराउनेहरू कति धन्य हुन्! किनभने तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। परमेश्वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो।
मत्ती 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 5:2-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू