मत्ती 21:18-22

मत्ती 21:18-22 सरल नेपाली

भोलिपल्‍ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्‍यो। बाटोको छेउमा नेभाराको रूख देखेर फल छ कि भनेर उहाँ त्‍यस रूखको नजिक जानुभयो, तर त्‍यसमा पातबाहेक केही थिएन। उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँमा कहिल्‍यै पनि फल नफलोस्।” त्‍यो नेभाराको रूख त त्‍यतिखेरै सुकिहाल्‍यो। यो देखेर चेलाहरूले छक्‍क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्‍यो?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, तिमीहरूले कति पनि शङ्का नगरी विश्‍वास गर्‍यौ भने नेभाराको रूखलाई मैले गरेजस्‍तै गर्न सक्‍छौ र त्‍यति मात्र होइन, तिमीहरूले यस पहाडलाई ‘यहाँबाट हटी समुद्रमा खस्’ भन्‍यौ भने पनि त्‍यस्‍तै हुनेछ। यदि विश्‍वास गर्‍यौ भने प्रार्थनामा जे मागे पनि तिमीहरूले त्‍यो पाउनेछौ।”

मत्ती 21 पढ्नुहोस्