बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो। बाटोको किनारमा उहाँले एउटा अञ्जीरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो, तर त्यसमा पातबाहेक अरू केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा कहिल्यै फल नफलोस्” र त्यो अञ्जीरको रूख तुरुन्तै ओइलाइहाल्यो। यो देखेर चेलाहरूले अचम्म मानेर भने, “यो अञ्जीरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो?” येशूले जवाफ दिएर तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमा विश्वास छ र कहिल्यै शङ्का गरेनौ भने, अञ्जीरको बोटलाई जे गरियो त्यति मात्र होइन, तर यस डाँड़ालाई पनि ‘उखेलिएर समुद्रमा खस’ भन्यौ भने सो हुनेछ। विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ।”
मत्ती 21 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 21
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 21:18-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू