YouVersion लोगो
खोज आइकन

मत्ती 2:3-8

मत्ती 2:3-8 सरल नेपाली

यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्‍चियो। अनि हेरोद राजाले मुख्‍य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्‍टको जन्‍म कहाँ हुनेछ?” तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्‍त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्‍केर आउनेछन् र उनले नै गोठालाले जस्‍तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।” यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्‍योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए। त्‍यसपछि उनले तिनीहरूलाई बेथलेहेमतिर पठाउँदै भने, “तपाईंहरूले गएर बालकको बारेमा सबै कुरा ठीकसँग पत्ता लगाएर मलाई खबर गर्नुहोस् र म पनि गएर उहाँको दर्शन गर्नेछु।”

मत्ती 2 पढ्नुहोस्