YouVersion लोगो
खोज आइकन

मत्ती 2:3-8

मत्ती 2:3-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे। तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌: ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।” तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:3-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए। अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे। तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्: “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’” तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए। अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।”

मत्ती 2:3-8 पवित्र बाइबल (NERV)

जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?” तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ: ‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहूदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन्, जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’” त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने “जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्टाउनेछौ, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।”

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:3-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्‍चियो। अनि हेरोद राजाले मुख्‍य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्‍टको जन्‍म कहाँ हुनेछ?” तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्‍त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्‍केर आउनेछन् र उनले नै गोठालाले जस्‍तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।” यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्‍योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए। त्‍यसपछि उनले तिनीहरूलाई बेथलेहेमतिर पठाउँदै भने, “तपाईंहरूले गएर बालकको बारेमा सबै कुरा ठीकसँग पत्ता लगाएर मलाई खबर गर्नुहोस् र म पनि गएर उहाँको दर्शन गर्नेछु।”

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्