जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र “ख्रीष्टको जन्म कहाँ हुने हो?” भनी सोधपूछ गरे। तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्: ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्’।” तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्डवत् गर्नेछु।”
मत्ती 2 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 2:3-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू