त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न धेरै गाह्रो छ। फेरि म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।” चेलाहरूले छक्क पर्दै भने, “त्यसो भए कसले मुक्ति पाउन सक्छ त?” येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने कुरा हो, तर परमेश्वरबाट भने सबै कुरा हुन सक्छ।” त्यसपछि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं। हामीले के पाउनेछौं?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मानव पुत्र त्यस नयाँ राज्यमा आफ्नो जगमगाउँदो राजसिंहासनमा बस्नेछ। त्यस बेला मलाई पछ्याउने तिमीहरू पनि आफ्ना बाह्रवटा सिंहासनमा बस्नेछौ र इस्राएलका बाह्र कुलको न्याय गर्नेछौ। मेरो लागि आफ्नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्गा-जमिन त्याग्नेहरूले योभन्दा सय गुणा बढी र अजम्मरी जीवनसमेत पाउनेछन्। तर अहिले पहिला हुनेहरूमध्ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
मत्ती 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 19:23-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू