YouVersion लोगो
खोज आइकन

मत्ती 18:21-25

मत्ती 18:21-25 सरल नेपाली

पत्रुसले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले उसलाई कतिपल्‍टसम्‍म माफ दिनुपर्ने हो? सातपल्‍टसम्‍म?” येशूले जवाफ दिनुभयो, “सातपल्‍टसम्‍म मात्र होइन, तर सत्तरी गुणा सातपल्‍टसम्‍म! किनभने परमेश्‍वरको राज्‍य त एक जना राजाले आफ्‍ना नोकरको हिसाब-किताब लिएको जस्‍तै हुन्‍छ। ती राजाले आफ्‍नो हिसाब-किताब लिन लाग्‍दा दश हजार सुनका सिक्‍का ऋण लाने एक जना नोकर उनकहाँ ल्‍याइयो। तर त्‍यो मानिससँग ऋण तिर्न पुग्‍ने पैसा थिएन। यसकारण ती राजाले ‘त्‍यसलाई भएभरको जेथा, स्‍वास्‍नी, छोरा-छोरी र आफैंलाई समेत बेचेर ऋण चुक्ता गर’ भन्‍ने हुकुम दिए।

मत्ती 18 पढ्नुहोस्