YouVersion लोगो
खोज आइकन

मत्ती 15:1-11

मत्ती 15:1-11 सरल नेपाली

केही फरिसी र धर्म-गुरुहरू यरूशलेम सहरबाट आएर येशूलाई सोधे, “तपाईंका चेलाहरूले पिता-पुर्खादेखि चलिरहेका रीतिथितिहरू किन मान्‍दैनन्? तिनीहरूले खानुअघि हात धुने रीति पनि पूरा गर्दैनन्।” येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूचाहिँ किन परमेश्‍वरको धार्मिक आज्ञा भङ्ग गरेर आफ्‍नै रीतिथितिमा भुलिरहन्‍छौ? जस्‍तो, परमेश्‍वरको यो आज्ञा छ, ‘आफ्‍ना आमा-बुबाको आदर गर्नू अनि आफ्‍ना आमा-बुबालाई सराप्‍नेलाई चाहिँ ज्‍यान सजाय दिनू।’ तर तिमीहरूले भन्‍छौ– कसैले आफ्‍ना आमा-बुबालाई ‘हेर्नुहोस् तपाईंहरूलाई दिनुपर्ने कुरा मैले परमेश्‍वरलाई चढाइसकें’ भन्‍यो भने उसले चाहिँ आफ्‍ना आमा-बुबाको सेवा गर्नुपर्दैन। यसरी तिमीहरू आफ्‍नै रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ। हे कपटीहरू हो! यशैया अगमवक्ताले भनेको यो कुरा तिमीहरूलाई ठ्याक्‍कै मिल्‍छ– ‘मुखले भने यी मानिसहरूले मलाई खुब आदर गर्छन्! तर तिनीहरूको मनचाहिँ मदेखि धेरै टाढा छ। तिनीहरूले मलाई पुजेको त व्‍यर्थै छ किनभने तिनीहरूले खालि मानिसले बनाएको नियमहरू मात्रै सिकाउँछन्’।” त्‍यसपछि येशूले मानिसहरूको धुइरोलाई बोलाएर भन्‍नुभयो, “मेरो कुरा मन लगाएर सुन, मुखबाट भित्र पस्‍ने कुराले मानिसलाई अशुद्ध पार्ने होइन, उसको मुखबाट बाहिर निस्‍कने कुराले उसलाई अशुद्ध पार्छ।”

मत्ती 15 पढ्नुहोस्